१९ मंसिर २०८२, शुक्रबार

यस्तो रहनेछ शनिवारको मौसम

प्रकाशित मिति :  3 February, 2024 8:26 am


काठमाडौँ। आगामी २४ घण्टामा सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

शनिवार राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी  प्रदेशमा आंशिक देखि साधारणतया  बदली  रही  बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जनाइएको छ।

मौसम प्रतिकूलताका कारण  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ। 



प्रतिक्रिया दिनुहोस !