२१ बैशाख २०८१, शुक्रबार

संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस

प्रकाशित मिति :  4 May, 2020 3:23 pm


काठमाण्डौं, २२ वैशाख ।

संघीय संसदको महासचिवका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।

यसअघिका महासचिव मनोहरप्रसाद भट्टराई चैत २ गते सेवा निवृत्त भएपछि कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले सम्हाल्दै आएका थिए । योगीलाई कार्यवाहको जिम्मेवारी दिएपछि विवाद समेत भएको थियो ।

संघीय संसदको महासचिव पद राजनीतिक नियुक्तिको पद भएपनि डा. गौतम भने सचिवालयकै कर्मचारीबाट महासचिवका लागि सिफारिस भएका छन् । डा.गौतम संसद सचिवालयका सचिव हुन् ।



प्रतिक्रिया दिनुहोस !