२१ बैशाख २०८१, शुक्रबार

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजसम्म

प्रकाशित मिति :  4 February, 2024 7:56 am


काठमाडौँ। नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले कन्स्ट्रक्शन फिल्डमा काम गर्नेहरुका लागि बहुउयोगी भएको बताएका छन्।

शनिवार भृकुटीमण्डपमा जारी नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले सबै सामानहरु एकै ठाउँमा पाउने भएकाले मेला धेरै नै उपयोगी भएको बताएका हुन् ।

उनीहरुले कन्स्ट्रक्शन फिल्डमा काम गर्ने निर्माण व्यवसायी अथवा घर बनाउन चाहने इच्छुक व्यक्तिहरुका लागि पसलपसलमा भौँतारिनुपर्ने बाध्यता नरहेको बताए ।

माघ १८ गतेबाट शुरु भएको मेला आज (आइतवार) सञ्चालन हुनेछ । मेलामा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहेका छन् ।

मेलामा आफूहरुले खोजेको सबै सामान बुझेर लिने पाइने भएकाले यस्ता मेलाहरु पटकपटक हुनुपर्ने प्रतिक्रिया अवलोकनकर्ताहरूको छ। इन्जिनियरहरुका लागि मेला झनै राम्रो स्थान भएको धेरैले बताए।

अवलोकन कर्ता सुरेन्द्रप्रसाद जैसवालले नेपालमा यस्तो मेला धेरै पछि भएको र मेला आयोजना भए भने कन्स्ट्रक्शन फिल्डमा काम गर्ने निर्माण व्यवसायी अथवा घर बनाउन चाहने इच्छुक व्यक्तिहरुका लागि सही ठाउँ भएको बताए।

आफूले खोजेको चिजहरु एकै ठाउँमा पाउने भएकाले पनि मेलाको महत्व फरक रहेको बताउने उनले यस्ता मेलाहरु पटकपटक हुनुपर्ने सुझाए।

अर्का अवलोकनकर्ता डा. नारायण श्रेष्ठले पनि मेला सिभिल इन्जियनियरहरुका लागि धेरै नै सहयोगी रहेको प्रतिक्रिया दिए। उनले अहिले र भविष्यमा पनि बिल्डिङ बनाउनेहरुका लागि मेलाले धेरै जानकारी दिने बताए।

अर्का अवलोकन कर्ता देवकृष्ण आचार्यले मेलामा नयाँ नयाँ कुरा जान्न र हेर्न पाइएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !