२१ बैशाख २०८१, शुक्रबार

प्रविधि क्षेत्रलाई बलियो बनाउन सके मात्रा अर्थतन्त्र बलियो बनाउन सकिन्छः पोद्दार

प्रकाशित मिति :  8 February, 2024 1:47 pm


काठमाडौँ । क्यान महासंघका अध्यक्ष रन्जीत पोद्दारले प्रविधि क्षेत्रलाई बलियो बनाउन सके मात्रा देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।

क्यान महासंघको आयोजनामा आजदेखि सुरु भएको २९ औँ क्यान इन्फो टेक २०२४ को उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष पोद्दारले महासंघको स्थापनकालबाट केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार गर्दै यस क्षेत्रलाई थप बलियो बनाउँदै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताएका हुन् ।

पोद्दारका अनुसार विश्व अर्थतन्त्रमा सूचना प्रविधिले ठूलो योगदान दिदैँ आएको र नेपालले पनि यस क्षेत्रलाई थप बलियो बनाएर अर्थतन्त्रको मुख्य खम्बाको रुपमा स्थापन गर्न आजको आवश्यकता रहेको बताए ।

उनले भने,“विश्वले सूचना प्रविधिको क्षेत्रको प्रयोग गरेर आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाएको अवस्था छ । त्यसैले नेपाल पनि भर्खर यो क्षेत्रमा पाइल चालेको छ । त्यसकारण सरकारले पनि यस क्षेत्रलाई साथ र सहयोग गरे पक्कै हामी अन्य राज्यसँग प्रतिस्प्रर्धा गर्न सक्षम हुन्छौँ ।”

अध्यक्ष पोद्दारले सरकारले ल्याउने नीति तथा कार्यक्रममा यस क्षेत्रको लागि प्रभावकारी कार्यक्रम ल्याउनको लागि आग्रह गरेका छन् । ”यो क्षेत्रलाई लचिलो नीतिको आवश्यक पनि छ ।

क्यान महासंघको संगठन विस्तार भएसँगै सरकारसँग यस क्षेत्रमा आएका समस्याहरुलाई सहज रुपमा अघि बढाउन पनि हामीले पटकपटक ध्यानकर्षण गर्दै आएका छौँ,” उनले भने ।

उनले सरकारले बेलैमा यस क्षेत्रका जनशक्तिलाई देशभित्रै रोजगार दिन नसके जनशक्ति विदेशीने संंख्या बढ्दै जाने बताएका छन् । आजबाट पाँच दिनसम्मको लागि सुरु भएको यस एक्पोमा प्रविधिको विकासमा नेपाल कहाँ छ ?

कसरी यस क्षेत्रका युवा जनशक्तिलाई रोजगार दिनेदेखि विभिन्न विषयमा सरोकारवालहरु सँग अन्तक्रिया कार्यक्रम गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !