२२ बैशाख २०८१, शनिबार

आज श्रीपञ्चमी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

प्रकाशित मिति :  14 February, 2024 8:32 am


काठमाडौँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी। हिन्दू धर्मावलम्बीहरूले आजको दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाउँदै छन् ।

आजको दिनदेखि वसन्त ऋतु शुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।

श्रीपञ्चमीका दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक\कान छेड्न पनि शुभ मानिन्छ । आज काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य देशभरका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनको भीड लाग्दछ ।



प्रतिक्रिया दिनुहोस !