५ जेष्ठ २०८१, शनिबार

विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको असरबारे छलफल

प्रकाशित मिति :  16 February, 2024 6:20 pm


काठमाडौँ। तेस्रो विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भइरहेको छ ।

बिहीवारदेखि काठमाडौंमा शुरु भएको सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि छलफल शुरु भएको हो । श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिने विश्व सामाजिक मञ्चको सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाइएको छ । सम्मेलनमा श्रमजीवि, मजदुर र किसानको पक्षमा वातावरण बन्नुपर्ने पक्षमा नेपालले मत राख्ने अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताए।

उनले गरिखाने श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिनको लागि सम्मेलन भइरहेकाले नेपालले पनि त्यही अनुसारको मुद्दाहरु उठाएको बताए।

नेपालमा श्रमजीवी वर्गहरुको संख्या धेरै रहेकाले मुख्य गरेर सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको बताए। उनले नेपालमा जलवायु परिवर्तन, महिला हिंसा र श्रमिका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएको सुनाए।

सिम्खडाले सम्मेलनमा उठेका मुद्दाले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गर्ने विश्वास रहेको चर्चा गर्दै युवा, महिला, श्रमिक र जलवायु परिवर्तनका विषयमा कार्यक्रमहरु गरिरहेको बताए।

उनले ट्रेड युनियन भित्र समान कामको समान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा छलफल चलिरहेको बताए।

उनले भने, “यसको अर्थ गरिखाने श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने एउटा सन्देश दिनको लागि सम्मेलन भइरहेको छ । यसले श्रमिकका मुद्दाहरु,सामाजिक सुरक्षा,लैगिक,किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाएको छ । ठूला अर्थतन्त्र भएका देशहरुको दबाबमा रहेको देश हो । बढी श्रमजीवि गरिखाने मान्छेहरु छन् । श्रमजीवि मजदुर किसानको पक्षमा विश्व सम्मेलनले वातावरण बन्नुपर्छ ।”

अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा श्रमिकहरुको पक्षमा भए मात्रै नेपालमा युवाहरु बस्ने र श्रम गर्ने वातावरण सिर्जना हुने बताए। विदेशी मुलुकमा सामाजिक सुरक्षा राम्रो भएकाले नेपालीहरु पनि विदेशमा जाने गरेको सिम्खडाको भनाइ छ।

उनले नेपाल सरकारले पनि सामाजिक सुरक्षा कार्यान्वयन गरी श्रमको सिर्जना नेपालभित्रै गर्न युवाहरुलाई मुलुकभित्रै रोक्न सक्ने बताए। जलवायु परिवर्तनको कारण हिमालहरु पग्लने,पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिने समस्या देखिएकाले नेपालले विश्व सामाजिक मञ्चमा मुद्दालाई उठाएको भनाइ उनको छ ।

— न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !