५ जेष्ठ २०८१, शनिबार

शनिवारको मौसमः कोशी-गण्डकीको उच्च पहाड र हिमालमा हिमपात हुने

प्रकाशित मिति :  17 February, 2024 7:10 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार शनिवार दिउँसोँ कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

शनिवार राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने रातमा पनि हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमको प्रतिकूलताका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सजकता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !