२१ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

प्रकाशित मिति :  4 March, 2024 2:22 pm


काठमाडौँ । चिसो मौसम र हिमपातका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । देशका केही भागहरूमा जाडो जारी रहेको बताइएको छ ।

राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले यसबारेमा जानकारी दिएका हुन् । ३० जना घाइते भएका उनले बताए। चिसो मौसमका कारण ६३७ घर ध्वस्त भएका छन् भने १३ हजार ८८९ गाईवस्तु मरेका छन् ।

थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपंक्षीलाई घाँसलगायत सहयोग उपलब्ध गराउन सक्दो प्रयास गर्ने अधिकारीले बताए । अफगानिस्तानका केही भागमा गत आईतवारदेखि वर्षा र हिमपात भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !