२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँको सेन्ट जर्ज स्कुलले गरायो विद्यार्थीलाई फ्लोरा एक्स्पोको अवलोकन

प्रकाशित मिति :  15 March, 2024 3:39 pm


काठमाडाैँ । हिजाे (विहिबार) देखि काठामडौँको भृकुटीमण्डपमा सुरू भएकाे २५औँ फ्लोरा एक्स्पो २०८० मा विद्यार्थीदेखि पुष्प प्रेमीकाे भिड बढेकाे छ।

त्यै क्रममा आज (शुक्रबार) काठमाडौँ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई अवलोकन गराएको छ ।

मेला अवलोकन गर्दा विद्यार्थीहरूले विभिन्न जातका बोटबिरुवा एवं फूलहरूको बारेमा जानकारी दिएको विद्यालयकी शिक्षिका सबिता केसीले बताइन् ।

फूललाई साह्रै राम्रो गरि सजाएको देख्दा अत्यन्तै खुसी लागेको र पुष्प क्षेत्रको विषयमा धेरै कुरा मेलामा आएपछि थाहा पाएकाे कक्षा ७ मा अध्ययनरत छात्रा दिव्या बोहोराले बताइन् । उनले भनिन्, “हाम्रो स्कुलले पढाइको साथसाथै यस्ता विभिन्न किसिम्मका स्थलगत अवलोकन एवं शैक्षिक भ्रमण समय-समयमा गराएको छ । जसले गर्दा हाम्राे शिक्षाकाे स्तरपनि वृद्दि भएकाे छ ।”

यसरी विद्यार्थीहरूलाई प्रत्यक्ष अवलोकन गराउँदा किताबमा पढेभन्दा धेरै कुरा सिक्ने र आँखाले देखेको कुरा सधैं सम्झिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रल्हाद दाहालले बताए । उनले बालबालिकालाई यस्ता किसिमका अवलोकन भ्रमण अत्यन्तै आवश्यक रहेको बताउँदै अभिभावक र शिक्षकले यस्ता कुरालाई अगामी दिनमा समेत निरन्तरता दिने बताए । मेला चैत ४ गतेसम्म चल्ने छ ।

उक्त एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।

एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।

त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !