१२ श्रावण २०८१, शनिबार

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

प्रकाशित मिति :  20 March, 2024 9:15 am


काठमाडौँ । मोरङको बेलबारीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेका छन्।

बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका मोरङ प्रहरीले जानकारी जानकारी दिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहानका पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ। घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको दाहालले बताए । उनले श्रीमतीको हत्यापछि घाटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। उनको उपचारकाक्रममा विराटनगरको नोबेल अस्पताल मृत्यु भएको छ ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !