१२ श्रावण २०८१, शनिबार

चट्याङले लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

प्रकाशित मिति :  20 March, 2024 1:08 pm


पाँचथर । पाँचथरमा चट्याङले लागेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

गएराति मोरङको ग्रामथान गाउँपालिका–४ घर भइ प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

मंगलबार राति साढे ११ बजे ड्युटीमा खटिएका माझीलाई चट्याङको झड्का लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

उनका अनुसार हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो।

माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । उनलाई राति १२ बजे चिकित्सकले मृत घोषित गरेका थिए । माझीको शवलाई जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !