१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  24 March, 2024 8:13 pm


काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर थापाले जानकारी दिए ।

उनको झाक्रीथानस्थित लत्रिएको बिजुलीको तारले करेन्ट लागेर घोप्टो अवस्थामा मृत फेला परेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !