१२ श्रावण २०८१, शनिबार

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको हत्या

प्रकाशित मिति :  25 March, 2024 8:20 am


सांकेतिक फाइल फोटो

काठमाडौँ। गत राती ललितपुर महानगरपालिका – २६ स्थित ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन्। उनीहरूमाथि छुरा प्रहार भएको जनाइएको छ।

राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई खबर भएको थियो।

प्रहरीले घटनामा संलग्न रहेका शंकास्पद १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

दुई समूहबिच झडप भएकोमा कारण भने खुलेको छैन । प्रहरीले आवश्यक थप अनुसन्धान गर्दै जनाएको छ।



प्रतिक्रिया दिनुहोस !