१२ श्रावण २०८१, शनिबार

सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न गोताखोर परिचालन

प्रकाशित मिति :  25 March, 2024 9:59 am


काठमाडौँ । आइतबार होली खेलेर नुहाउन सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै फेला परेका छैनन् ।

बालबालिको खोजीका लागि सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार रातिसम्म खोजी गरिएकोमा नभेटेपछि आज बिहानैदेखि गोताखोर परिचालन गरी खोजी सुरू गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए । बेपत्ता हुनेमा १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !