१२ श्रावण २०८१, शनिबार

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो ‘फागु पुन्ही या भिन्तुना’

प्रकाशित मिति :  25 March, 2024 6:00 pm


काठमाडौँ । एशियन पेन्ट्सले काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते काठमाडौँको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ ।

नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।

आइतबार दिउँसो १ बजेबाट सुरू भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन शावरको पनि मजा लिएका थिए ।

कार्यक्रमको बारेमा उत्साह व्यक्त गर्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, “सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा हामी निकै हर्षित छौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं। हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौं, र हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।”

अघिल्लो वर्षझैँ काठमाडौँ महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको यस कार्यक्रमले यस पाली पनि भरपुर सफलता पाएको आयोजकहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !