१२ श्रावण २०८१, शनिबार

कर्णालीको पुलबाट हाम फाल्दा बेपत्ता युवक खोज्न गोताखोर परिचालन

प्रकाशित मिति :  26 March, 2024 10:42 am


काठमाडौँ । कर्णालीको चिसापानी पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ ।

सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका छन् । होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् ।

उनीसँगै हाम फालेका १६ जना सकुशल रहेका छन् । उनको खोजीका लागि गोताखोर परिचालन भइरहेको छ । सोमबार शाही डुब्नसाथ डुंगाबाट उनको खोजी गरिएपनि बेलुकासम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

सोमबार सोसल मिडियामा शाही हाफ फाल्नसाथ बेपत्ता भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । एक युवतीले खिचेको भिडियोमा उनी डुब्नसाथ चिच्चाएको भिडियोमा सुनिन्छ ।

शाहीको खोजीका लागि अहिले बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस !