१५ बैशाख २०८१, शनिबार

पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

प्रकाशित मिति :  27 March, 2024 9:12 am


पाल्पा । पाल्पामा युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ १९ वर्षकी युवतीको शव फेला परेको हो ।

मंगलबार साँझ बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। साँझ घर नजिकैको सार्वजनिक पँधेरोमा नुहाउन गएकी युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्।

मृतक १९ वर्षीया युवती कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए । उनी माथि बलात्कारको प्रयास हुँदा बच्ने प्रयास गरेपछि हत्या भएको हुन सक्ने स्थानियले बताए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए।



प्रतिक्रिया दिनुहोस !