१६ बैशाख २०८१, आइतबार

यो वर्षको एसईई परीक्षा सुरु, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

प्रकाशित मिति :  28 March, 2024 7:38 am


फाइल तस्बिर।

काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि सुरु भएकाे छ । आउँदो चैत २७ गतेसम्म चल्ने परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदैछन्।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा दिँइदैछ । नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदैछन् ।

जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेको बोर्डले जनाएको छ।

परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार ४८५ जना जनशक्ति परिचालन गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक तयारी गरिएको छ।

बोर्डका अनुसार यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुदैछन्।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।



प्रतिक्रिया दिनुहोस !