१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना चालक प्रकाउ

प्रकाशित मिति :  2 April, 2024 4:44 pm


काठमाडौँ । स्याङ्जामा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना प्रकाउ परेका छन् ।

हिजाे (सोमबार) जिल्ला ट्राफिक कार्यालय, स्याङ्जाले जिल्लामै पहिलोपटक सवारी चालकहरूको लागुऔषध सेवन सम्बन्धमा परीक्षण गर्दा ६ जना प्रकाउ परेका हुन् ।

प्रकाउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ रुपन्देही बस्ने ४७ बर्षे पदम बहादुर डिसुवा, वालिङ नगरपालिका वडा नम्बर ११ पेखु बस्ने ३६ बर्षे साजन थापा, पोखर महानगरपालिका वडा नम्बर २९ बस्ने २६ बर्षे विशाल गुरूङ , साेही पालिका वडा नम्बर १९ बस्ने ४८ बर्षे अजय नेपाली, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षे अजय नेपाली र फेदिखोला गाउँपालिका वडा नम्बर २ बस्ने ३७ बर्षे अमृत मिजार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई ‘सार्वजनिक हित र नैतिकता बिरूद्धको कसूरमा’ मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भएको छ ।



प्रतिक्रिया दिनुहोस !