१२ श्रावण २०८१, शनिबार

बैतडीमा भीरबाट ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

प्रकाशित मिति :  5 April, 2024 9:40 am


काठमाडौँ । बैतडीमा भीरबाट ट्र्याक्टर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट करिक डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थलमै ज्यान गुमाएका दुई पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वको प्रहरी टोली दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !