१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाँदै

प्रकाशित मिति :  5 April, 2024 10:11 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाँदैछन्।

राष्ट्रपति पौडेल तनहुँको भिमाद बजारमा रहेको जनज्योति क्याम्पसको १६औं वार्षिकोत्सवमा सहभागी हुन तनहुँ जान लागेका हुन्।

पौडेलले त्यहाँ क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ। उनी बिहान ११ बजे तनहुँ पुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भएपछि पौडेल चौथो पटक गृह जिल्लाको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। राष्ट्रपति पौडेल यसअघि गत चैत १७ गते देवघाट गएका थिए ।



प्रतिक्रिया दिनुहोस !