५ जेष्ठ २०८१, शनिबार

प्यूठान अस्पतालमा आइसोलेशन बेड निर्माणका लागि स्थानीय तहको आर्थिक सहयोग

प्रकाशित मिति :  9 May, 2020 2:54 pm


प्यूठान, २७ वैशाख ।

प्यूठान अस्पतालमा आइसोलेशन बेड निर्माणका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा आइसोलेशन बेड थप्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेसँगै स्थानीय तहले सहयोग गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई छुट्टै शय्यामा राखेर उपचार गर्न लागिएको हो ।

शुरुआतमा अस्पतालमा चार शय्या निर्माण गरिए पनि अहिले पालिकाले सहयोग गर्न थालेपछि तीन थप गरिएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. अमृत पन्थीले बताउनुभयो ।

आइसोलेशन बेड निर्माणका लागि जिल्ला समन्वय समितिले पाँच लाख रुपैयाँ तथा मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाले अढाइअढाइ लाख रुपैयाँ सहयोग गरेको डा.पन्थीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !