१२ श्रावण २०८१, शनिबार

इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

प्रकाशित मिति :  10 April, 2024 1:38 pm


काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (इद) को अवसरमा भाेलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

जारी विज्ञप्तिमा भनिएको छ, “चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”



प्रतिक्रिया दिनुहोस !