१२ श्रावण २०८१, शनिबार

आगलागीको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

प्रकाशित मिति :  11 April, 2024 11:59 am


काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् ।

देशभर आगलागीको घटना बढिरहेको बेला उनले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष अन्सारीले आगलागी हुन नदिनका लागि सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गरे ।

सुनसरीलगायतका जिल्लाहरू आगलागिबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उनले त्यसो हुन नदिनका लागि आगो र अन्य प्रज्वलनशील सलाई, लाईटर लगायतका सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरे ।

दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाई थियो ।

त्यस अवसरमा अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्वीहरूको पर्व (ईद उल फित्र –ईद) को पनि शुभकामना व्यक्त गरेकाे छ । सरकारले बिहीवार (आज) सोही अवसर पारेर सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस !