१७ बैशाख २०८१, सोमबार

मल खरिद प्रक्रिया छोटो बनाउँछौँः मन्त्री ज्वाला

प्रकाशित मिति :  15 April, 2024 7:27 am


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रिया लामो र झन्झटिलो भएकाले समयमा आपूर्ति समस्या आउने गरेको बताएका छिन् ।

आइतवार मन्त्रालयमा आयोजित मलखाद आपूर्ति सम्बन्धि कार्यक्रममा बोल्दै उनले खरिद प्रक्रियालाई मल आयात हुन नसक्दा संधै विवाद र झमेला भइरहेकाले प्रक्रियालाई तिब्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताइन्।

मन्त्रालयले कार्यविधि बनाउन सक्ने हो भने यसको निकास तत्काल हुने विश्वास मन्त्री साहको छ । उनले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने बताउँदै रासायनिक मल खरिद प्रक्रिाय छोटो बाटोमा जानु आवश्यक रहेको प्रष्ट्याइन्

रासायनीक मल आपूर्तिको अन्य विकल्प नभएसम्म आयात नै गर्नुपर्नै बाध्यता भएकाले खरिद प्रक्रिया तिब्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्।

मन्त्री ज्वालाले कृषि मन्त्रालयले राम्रो काम गर्न खोजिरहेको भन्दै भर्खरै सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको सुनाइन्।



प्रतिक्रिया दिनुहोस !