२४ बैशाख २०८१, सोमबार

बाँकेमा १५० टन तरकारी बारीमा कुहिदै, महासंघले गर्यो क्षतिपूर्तिको माग

प्रकाशित मिति :  10 May, 2020 3:02 pm


काठमाडौं, २८ वैशाख ।

प्रदेश नं. ५ अन्तर्गत बाँके जिल्लाको नेपालगंज उपमहानगर पाालिका वडा नं.१६ जयसपूरमा उत्पादित एक सय ५० मेटन तरकारी बारीमै कुहिने अवस्थामा पुगेको छ ।

बजार नपाएर खेर गएको तरकारीको क्षतिपूर्तिको व्यवस्था गर्न राष्ट्रिय कृषक समूह महासंघले माग गरेको छ ।
स्थानीय सरकारले समयमा समन्वय नगर्दा करिव १५ विगाहामा लगाईएको तरकारी खेति, करिव नोक्सानीको अवस्थामा पुगेको महासंघले जनाएको छ ।

क्षति भएको तरकारीको किसानलाई उचित क्षतिपूर्तिको अविलम्ब ब्यवस्था मिलाई, कृषि कर्ममा संलग्न किसानहरुको सुरक्षाको प्रत्याभूति सहित उत्पादनको उचित बजारीकरण र सहज बिक्रीको लागि बनाउन महासंघ प्रदेश ५ कार्यसमितिका अध्यक्ष सर्बजित विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा आव्हान गरिएको छ ।

‘उत्पादनको लागि आवश्यक सामाग्रीहरुको सुलभ रुपमा उपलब्धता एवं कृषि कर्म (खेति पद्धती)को निरन्तरताको लागि ब्यवस्था मिलाउन प्रदेश सरकार एवं स्थानीय निकाय समक्ष जोडदार माग गर्दछौं,’ आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

बजारीकरणको संयन्त्र परिचालन गर्न नसकिँदा बाहिरी देशबाट अरवौको तरकारी जन्य उत्पादन भित्रिने र नेपाली किसानको उत्पादन बिक्री नभई बारीमा कुहिने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको हो ।



प्रतिक्रिया दिनुहोस !