२३ बैशाख २०८१, आइतबार

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान, प्रशासनिक कामको जिम्मेवारी राईलाई

प्रकाशित मिति :  22 April, 2024 9:03 am


काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्स प्रस्थान गरेका छन् ।

नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख कुँवर फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गते सम्म संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागी हुन सोमबार फ्रान्सका लागि प्रस्थान गरेका हुन्।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने भएका छन्।

हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !