२२ बैशाख २०८१, शनिबार

धादिङमा गुडिरहेको ट्रकमा आगलागी

प्रकाशित मिति :  23 April, 2024 12:56 pm


काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६, बन्छेटारमा ना ४ ख ८६१७ नम्बरको ट्रकमा गुडिरहेको अवस्थामा आज बिहान साढे १० बजे आगलागी भएको हो ।

रुपन्देहीकोबाट औधषी बनाउले केमिकल बोकेको उक्त ट्रक काठमाडौंतर्फ आइरहेको थियो । औधषीजन्य केमिकल एक आपसमा ठोक्किएर आगो निस्केको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । एक्कासी लागेको आगो निभाउन घटनास्थलमा दमकल समयमा नपुग्दा ट्रकमा समेत क्षति पुगेको छ ।

आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल बोलाइएको थियो । तर दमकल आउन ढिला भएकाले ट्रकमा धेरै क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !