२४ बैशाख २०८१, सोमबार

जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु

प्रकाशित मिति :  24 April, 2024 9:39 am


झापा । झापामा सडक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !