१५ बैशाख २०८१, शनिबार

सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने

प्रकाशित मिति :  11 November, 2019 7:01 pm


काठमाडौं, २४ कार्तिक

सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई भेटेपछि परिसंघले सघाउने प्रतिबद्धता सार्वजनिक गरेको हो। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अन्तिम समय मंसिर १४ गतेसम्म छ।अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि मन्त्री गोकर्ण विष्टलाई पेश गरेका छन्। 

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदन तयार गरेको थियो। 



प्रतिक्रिया दिनुहोस !