१६ चैत्र २०८०, शुक्रबार

थप २६ जनामा कोरोना संक्रमणको पुष्टि, काठमाण्डौं र भक्तपुरमा पनि संक्रमित भेटिए

प्रकाशित मिति :  12 May, 2020 10:27 pm


काठमाण्डौं, ३० वैशाख ।

थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौं, भक्तपुर, पर्सा, महोत्तरी,धनुषा र सर्लाही जिल्लामा कोरोना  संक्रमित भेटिएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा आज बेलुकी जारी विज्ञप्तिमा पर्सामा मात्रै थप १८ जना संक्रमित भेटिएका छन् ।  जसमा २२,२८,२८,३२,४५,६० वर्षीया महिला र १६,२२,२४,२५,२५,२८,२८,३२,५९,५५,६१,६१ बर्षका पुरुष छन् ।

महोत्तरीमा १६ र ३५ वर्षीय  पुरुष, धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । त्यस्तै सर्लाहीमा ४५ वर्षीय पुरुष संक्रमित भेटिएका   छन् ।

उपत्यका भित्र काठमाडौं र भक्तपुरमा समेत कोरोना संक्रमित भेटिएका छन् । काठमाण्डौंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ वर्षीय महिला र २७ वर्षीय पुरुष संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यो संगै आज मात्रै ८३ जना  कोरोना संक्रमित भेटिएका छन् । आज विहान मात्रै ५७ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

अब देशभर  देशभर संक्रमितको संख्या २ सय १७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !