२३ बैशाख २०८१, आइतबार

सशस्त्र प्रहरी लिएर छांगरु उड्यो सेनाको हेलिकप्टर

प्रकाशित मिति :  13 May, 2020 8:34 am


सशस्त्र र नेपाल प्रहरीको टोली लिएर छांगरु जाँदै गरेको नेपाली सेनाको हेलिकप्टर । फोटो: किरण भट्टराईको फेसबुकबाट

काठमाण्डौं, ३१ वैशाख ।

कालापानी नजिकै दार्चुलाको व्यास गाउँपालिका छांगरुका लागि सशस्त्र प्रहरी बलको फौज लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ ।

आज विहान काठमाडौंबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छांगरु  उडेको हो ।

भारतले सिमा मिच्दै गएपछि नेपाल सरकारले छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना गर्न लागेको हो ।

व्यास गाउँपालिका-१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी रहने छ । वर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नै सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो।

अहिले फेरी भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै सरकारले तत्कालै सशस्त्रको बीओपी राख्न लागिएको हो।

सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख डीएसपी डम्बरबहादुर बिष्टले कालापानी क्षेत्र नजिकै व्यास नगरपालिकाको छांगरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

अहिले सुरुमा बन्दोबस्तीका सामान, हातहतियार, मेडिकल सामाग्री, ६ महिनाका लागि पुग्ने रासन लगायतको तयारी भएको छ ।
अहिले प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली बीओपीमा राखिने छ। स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन्।

दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ। अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२ देखि १३ किलोमिटरको दूरीमा पर्दछ।

 



प्रतिक्रिया दिनुहोस !