१९ मंसिर २०८२, शुक्रबार

बिहीवार ११ बजे संसद, प्रधानमन्त्रीसँग प्रश्नोत्तर र सात मन्त्रीले उठेका प्रश्नको जवाफ दिने कार्यसूची

प्रकाशित मिति :  20 June, 2024 8:24 am


काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधीसभाको वैठक बिहीवार बिहान ११ बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको वनियोजन विधेयक, २०८१ अन्तर्गत निम्नलिखित मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलका ेक्रममा उठका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेसमेत कार्यसूचीमा रहको छ ।

जवाफ दिने मन्त्रालयहरुका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ ।

बुधवार पनि विभिन्न मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको थियो । तर संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण बुधवारको प्रतिनिधिसभाको बैठक स्थगित थियो ।



प्रतिक्रिया दिनुहोस !