७ कार्तिक २०८१, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने

प्रकाशित मिति :  23 June, 2024 7:25 am


काठमाडौँ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको छ ।

वैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने तथा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा रहेको छ।

बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री पुनले प्रस्तुत गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !