७ कार्तिक २०८१, बुधबार

बड्डाँडा चकचके क्षेत्रको बाटो अवरुद्ध, सूचना हेरेर मात्र यात्रा गर्न सडक डिभिजनको अनुरोध

प्रकाशित मिति :  7 July, 2024 7:30 am


काठमाडौँ। भालुवाङ–लिवाङ सडकखण्ड अन्तर्गतको बड्डाडाँडा देखि चकचके क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।

अविरल बर्षाका कारण शनिवार रातीदेखि यस क्षेत्रमा यातायात ठप्प छ । बाटो खुलाउने क्रम जारी रहेकाले आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न सडक डिभिजन प्युठानले जनाएको छ ।

डिभिजन कार्यालयले फेसबुकमा सूचना जारी गर्दै गनाह–चकचके सडक खण्डको विभिन्न स्थान (गर्जेनी, मोतिपुर, खार्से खोला, बड्डडा) हरुमा पहिरो गयर, ढुङ्गा खसेर, लेदो बगेर बाटो अवरुद्ध भएको जनाएको छ ।

सूचनामा भनिएको छ, “उक्त बाटो सूचार गर्न यस डिभिजनको ब्याकहोल लोडर, एक्जाभेटर लगायतका उपकरणहरु परिचालान भई सकेको छ । बाटो सुचार भए पश्चात पुन: यसै फेसबुक मार्फत जानकारी गराईन्छ ।”



प्रतिक्रिया दिनुहोस !