२४ आश्विन २०८१, बिहिबार

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

प्रकाशित मिति :  17 July, 2024 7:04 am


काठमाडौँ । आज हरिशयनी एकादशी घरघरमा तुलसीको मठमा तुलसीका बिरुवा सारेर मनाइँदैछ ।

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन सारेका तुलसीका बिरुवालार्इ आजदेखी चार महिनासम्म विशेष पूजाआराधना गर्ने गरिन्छ । निर्जला एकादशी ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको कथनहरु उल्लेख छ । भगवान् विष्णु शयन गर्नुहुने यी चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।

आज सारेका तुलसीका बिरुवालाई कार्तिक शुक्ल एकादशीका (हरिबोधिनी एकादशी) दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसीलाई बहुउपयोगी वनस्पतिका रुपमा लिइन्छ । धार्मिक रुपमा मात्र नभर्इ तुलसी बैज्ञानिकरुपमा पनि उपयोगी माानिन्छ । तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस !