२२ बैशाख २०८१, शनिबार

रुकुम पूर्वकी सांसद् रोकाद्धारा काठमाण्डौंमा रहेका जिल्लाका थप मजदुरलाई राहत वितरण

प्रकाशित मिति :  18 May, 2020 11:55 am


काठमाण्डौं, ५ जेठ ।

रुकुम पूर्वकी सांसद् कमला रोकाले काठमाण्डौंमा बस्ने जिल्लावासीका लागि राहत वितरण कार्यलाई निरन्तरता दिएकी छन् ।

उनले आज काठमाण्डौंको गोलढुंगामा मजदुरी गरेर जीवन गुजारा गर्ने ५१ घरपरिवारलाई राहत वितरण गरेकी हुन् । उनले भनेकी छन्,‘ मेरो जिल्लाका दाजुभाई दिदी बहिनीहरुलाई सहयोग गरीदिने सहयोगी मनहरु श्याम श्रेष्ठ, कमल सिटौला, सन्जय कक्षपति,गोपाल महर्जन, छेवाँग लामा र सुरतजँग मल्ललाई धेरै धेरै धन्यवाद छ !’

लकडाउन लम्बिन थालेपछि पूर्वमन्त्री समेत रहेकी रोकाले रुकुम पूर्व जिल्लाबाट काठमाण्डौंमा आएर बसोवास गर्ने मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गर्न सुरु गरेकी हुन् ।

यसअघि ६५ परिवारलाई राहत वितरण गरेकी थिईन् । राहत वितरण गर्दै भनेकी छन्,‘आफ्नो गाँस कटाएर गरिब र भोकाहरुलाई सहयोग गर्नु वास्तविक मानवीयता हो, यहिँ लडाइँमा सहभागी बनौं र सुन्दर मानव सभ्यताको बिकास गरौं ।’

लकडाउन लम्बिदै जाँदा विपन्न तथा न्यून आय भएका व्यक्तिहरु संकटमा पर्न सुरु गरेका छन् ।

सम्बन्धित समाचार

रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह



प्रतिक्रिया दिनुहोस !