१८ बैशाख २०८१, मंगलबार

फेरी १८ जनामा कोरोना संक्रमणको पुष्टि, कर्णाली प्रदेशमा पहिलो पटक संक्रमित भेटिए

प्रकाशित मिति :  18 May, 2020 10:22 pm


काठमाडाैं, ५ जेठ । 

फेरी १८ जना कोरोना संक्रमित थपिएका छन् ।  कर्णाली प्रदेशमा पनि पहिलो पटक संक्रमित भेटिएसँगै कुल संक्रतिको संख्या ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर कर्णाली प्रदेशको दैलेखको आठबीसकोट—१ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि गरेको छ ।

राति १०ः१५ को मन्त्रालयको विज्ञप्ति अनुसार धनुषामा २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँकेको नरैनापुरमा १२ जना पुरुषमा संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरीमा एक जना पुरुष र झापाको एकजना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।

सबैभन्दा भयावह स्थिति बाँकेको नरैनापुरमा भएको छ । नरैनापुरमा दिउँसो मात्रै ४७ जनामा संक्रमणको पुष्टि भएको थियो । हिजो मात्रै सोही गाँउपालिकाका एकजनाको मृत्यु भएको थियो । आज देशभर  ८० जनामा कोराना संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म देशभर संक्रमितको संख्या ३ सय ७५ पुगेको छ भने २ जनाको ज्यान गईसकेको छ ।

यसअघिकाे समाचारः

आज मात्रै थपिए ६२ कोरोना संक्रमित, प्रदेश-५ मा ७ जिल्ला प्रभावित



प्रतिक्रिया दिनुहोस !