प्यूठानका स्थानीय पालिकालाई २ अर्ब ६९ करोड १९ लाख रुपैयाँ संघीय सरकारको अनुदान

काठमाण्डौं, १६ जेठ ।
संघीय सरकारबाट आर्थिक वर्ष २०७७/८८ का लागि प्यूठानका स्थानीय पालिकाले २ अर्ब ६९ करोड १९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने भएका छन् ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद-४ मा उल्लेखित मापदण्ड अनुसार दिइएको चारवटा अनुदान शीर्षकमा आउँदो आर्थिक वर्षका लागि सरकारले अनुदान उपलब्ध गराउने भएको हो । जस अन्तर्गत सरुमारानी गाँउपालिकाले २४ करोड २२ लाख,माण्डवी गाँउपालिकाले २३ करोड ७८ लाख, मल्लरानी २४ करोड ५ लाख रुपैयाँ अनुदान पाउने छन् ।
त्यस्तै नौबाहिनी गाँउपालिकाले ३१ करोड ९ लाख, झिमरुक गाँउपालिकाले ३२ करोड १ लाख, गौमुखी गाँउपालिकाले २८ करोड
ऐरावती गाँउपालिकाले ३१ करोड ५ लाख रुपैयाँ अनुदान पाउने छन् । त्यस्तै नगरपालिका अन्तर्गत स्वर्गद्धारी नगरपालिकाले ३४ करोड ४७ लाख रुपैयाँ र प्यूठान नगरपालिकाले ४० करोड ५२ लाख रुपैयाँ अनुदान पाउने छन् ।
संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरेर चार शिर्षकमा हरेक आर्थिक बर्षमा अनुदान दिने गरेको छ ।