१२ श्रावण २०८१, शनिबार

काेहलपुर ६ का लागि उमेद्वारी दर्ता

प्रकाशित मिति :  13 November, 2019 4:13 am


बाँँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा आगामि मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । वडा अध्यक्ष पदका लागि बुधबार भएको उम्मेद्वारी मनोनयन दर्तामा नेपाल कम्यूष्टि पार्टी (नेकपा)को तर्फबाट वटा अध्यक्षमा रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् । कोहलपुर नगरपालिका वडा नं. ६ का तत्कालिन वडा अध्यक्ष रामसोहन थारुको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !