२२ बैशाख २०८१, शनिबार

नवराज विकको न्याय नहराओस् : सांसद रोका

प्रकाशित मिति :  1 June, 2020 3:26 pm


 

काठमाण्डौं, १९ जेठ । 

प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमला रोकाले रुकुम पश्चिममा भएको घटना जातीय विभेदका अहमंता र क्रुरताको परकाष्टा भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै सांसद रोकाले यो घटनाको जतिसुकै निन्दा गरेपनि कम हुने बताईन् । उनले भनिन,‘ यो घटनाको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ । २१ औं शताब्दीको युगमा,परिवर्तनशील युगमा यस्तो जातीय अहंता र क्रुरताको परकाष्टा प्रर्दशन हुनु साँच्चिकै हामीले परिकल्पना गर्न पनि सक्दैनौं ।’

सांसद रोकाले नवराज विक र सुस्मा मल्लबीचको प्रेम सम्बन्धका कारण उत्पन्न घटना मानवताविरोधी र अत्यन्तै निन्दनीय भएको बताईन् ।
६ जनाको ज्यान जाने गरि भएको अमानवीय घटनाबारे सरकारले छानविन गरेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न समेत सांसद रोकाले माग समेत गरेकी छन् ।

नवराज विकको सपना त भेरी नदिले बगायो तर नवराज विकको न्याय नहराओस भन्ने कुरामा सतर्क रहनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘ आज नवराज विकको सपना भेरी नदीले बगायो । तर नवराज विकको न्याय नहराओस भन्ने कुरामा हामी सर्तक रहनुपर्दछ ।’



प्रतिक्रिया दिनुहोस !