‘पोइट्री अनप्लग’ को फेब्रुअरी विशेष: कवि विप्लव प्रतीक र अन्य कविहरूसँग प्रेम कविताको प्रस्तुति हुने

काठमाडौँ । प्रेमको महिना फेब्रुअरीको सुरुवातसँगै ‘पोइट्री अनप्लग’ ले आफ्नो श्रोताहरूका लागि एक अनौठो उपहार पेश गर्दैछ। ‘लालटिन पोयट्री सेसन’ नामक कार्यक्रमको आयोजना गरिएको छ, जसमा ८ प्रेमिल कविताहरूको प्रस्तुतिका साथ श्रोताहरूलाई रोमाञ्चक अनुभूति प्रदान गर्नको लागि कवि विप्लव प्रतीक सहित अन्य चर्चित कविहरूको सहभागिता रहनेछ।
यस विशेष सेसनमा कवि विप्लव प्रतीक, कवि विपना अधिकारी, विजय लुइटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमल कविताहरू प्रस्तुत गर्दैछन्। कार्यक्रमको निर्देशन गर्नुभएको अमन प्रताप अधिकारी, जो ‘पोइट आइडल’, ‘कृपा अनप्लग्ड’ र ‘हिमालय रोडिज’ जस्ता चर्चित कार्यक्रमका निर्देशक रहिसकेका छन्, यसले कविताका श्रोताहरूसँग सशक्त सम्बन्ध स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
फेब्रुअरीको पहिलो प्रस्तुति आइतबार, माघ २० गते ‘पोइट्री अनप्लग नेपाल’ यूट्यूब च्यानलमा कवि विप्लव प्रतीकको प्रसिद्ध कविता ‘अन्तिम भेट’ सार्वजनिक हुनेछ। यस कार्यक्रमको आकर्षण किबोर्डिस्ट सिम्सन प्रधानको पार्श्व संगीतसँग थपिएको प्रेमिल कविताहरूको प्रस्तुतिमा हुनेछ।
कार्यक्रमका प्रमुख स्पन्सरका रूपमा अस्ट्रेलियामा आधारित ब्लिस मस्म र लेवा (अन्लाइन इंग्लिस लर्निङ प्लाटफर्म) रहेका छन्। साथै, नेपाल कलेज अफ म्यानेजमेन्ट र सफल एजुकेशन एण्ड भिसा सर्भिसेस टाइटल स्पन्सरका रूपमा जोडिएका छन्। मिडिया पार्टनरको रूपमा देशसंचार र साहित्य पार्टनरको रूपमा साहित्यपोस्ट पनि यस कार्यक्रमलाई सघाइरहेका छन्।
‘पोइट्री अनप्लग’ ले यस आयोजनाबाट प्रेमको महत्त्वलाई साझा गर्दै, श्रोताहरूलाई कवितामार्फत प्रेमका गहिरा अनुभूतिहरू अनुभव गराउने लक्ष्य राखेको छ।