एलओडी क्लबको छैठौँ वार्षिकोत्सव, ६ दिनसम्म विशेष कार्यक्रम गर्ने

काठमाडौं । ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स) क्लबले आफ्नो छैठौँ वार्षिकोत्सव ६ दिनसम्म विशेष कार्यक्रमसहित मनाउने भएको छ। क्लबका अनुसार वार्षिकोत्सव माघ २६, २८ र फागुन १, २, ८ तथा ९ गते मनाइनेछ, जसमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ।
पहिलो दिन माघ २६ गते पुर्णराई एण्ड दाजुभाइ, श्रीगो एण्ड द गेन तथा लिसियसले प्रस्तुति दिनेछन्। त्यसपछि माघ २८ गते कुमासागर एण्ड द ख्वाप स्टेजमा उत्रने छन्। फागुन १, २, ८ र ९ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्ड्रेड डिजे क्यूब्रीक्स, कर्मा ब्यान्ड तथा कुटुम्बले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा पर्न सफल भएको छ। यसअघि पनि क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा परेको थियो। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकका उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्ने गर्छ, जसमा विश्वभरका १०० उत्कृष्ट डिजे क्लबको सहभागिता रहन्छ।