१८ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट १० औं व्यक्तिको मृत्यु

प्रकाशित मिति :  4 June, 2020 5:33 pm


काठमाडौं, २२ जेठ । 

कोरोना भाइरसको संक्रमणबा नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका-१ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

उनी भारतबाट ५ दिन अगाडि नेपाल आएका थिए । श्वासप्रश्वासमा समस्या देखिए पछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो , उनको जेठ २० गते मूत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !