१३ बैशाख २०८२, शनिबार

सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः अध्यक्ष दाहाल

प्रकाशित मिति :  26 March, 2025 4:31 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरू टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !