१७ बैशाख २०८२, बुधबार

प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?

प्रकाशित मिति :  26 March, 2025 6:11 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् । 

बुधवार काठमाडौँमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरु सिक्दै अघि बढिरहेको पनि बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे । नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले आफूहरु धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !