२८ मंसिर २०८२, आइतबार

राजावादीहरूले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल

प्रकाशित मिति :  26 March, 2025 6:14 pm


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन् ।

बुधवार काठमाडाैँमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरूको अहिलेको बाटो त्यस्तै भएको जिकिर गरे । उनले राजावादीहरूले अगाडि सारेको पश्चगामी मुद्दाहरू सफल हुन नसक्ने बताए।

आगामी दिनहरूमा राजावादीहरू अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उनले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गरे ।

महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन एमालेले मूख्य भुमिका खेलेको जिकिर गरे ।उनले राजसंस्था पुनःस्थापना गर्ने राजावादीहरुको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !