१ श्रावण २०८२, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित

प्रकाशित मिति :  27 March, 2025 4:20 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन।

त्यसपछि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको बैठक समयमै सुरू हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !