सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल
प्रकाशित मिति : 28 March, 2025 1:57 pm

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् ।शुक्रवारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरूले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमँन घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद अवरोध गरेका हुन् ।
अवरोधपछि राष्ट्रिय सभा सदस्यहरुलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताए ।
अध्यक्ष दाहालले राजनीतिक दलहरुको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताए। सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गरे ।