नेसनल क्यापिटल अनर अवार्डको नवौं संस्करण चैत २९ मा आयोजना हुने

काठमाडौं ।विभिन्न क्षेत्रमा सक्रिय रहँदै समाजमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले नेसनल क्यापिटल अनर अवार्डको नवौं संस्करण चैत २९ गते आयोजना हुने भएको छ।
क्यापिटल इन्टरटेन्मेन्ट, मिडिया इन्टरनेसनल, बिजनेस स्टुडियो लगायतका संस्थाको संयुक्त आयोजना रहने उक्त अवार्ड समारोह काठमाडौंमा विशेष कार्यक्रमबिच सम्पन्न हुनेछ।
विगत ९ वर्षदेखि प्रदान गरिँदै आएको यो अवार्ड अन्तर्गत नेपाली चलचित्र, आधुनिक गीत, लोकगीत संगीत, पप गीत, लोकदोहोरी, र्याप गीत तथा मनोरञ्जन क्षेत्रका विभिन्न विधामा योगदान दिने स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, बहुसांस्कृतिक तथा बहुभाषिक क्षेत्रका साहित्यकार, संगीतकार र कलाकारहरूलाई पनि अवार्ड प्रदान गरिनेछ।
यसका अतिरिक्त युवा उद्यमी, कृषि उद्यमी, निर्माण, उपकरण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, वैदेशिक रोजगार, मेसिनरी, उत्पादन तथा खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई पनि अवार्ड प्रदान गरिनेछ। राष्ट्रसेवक तथा समाजसेवीहरूलाई समेत सम्मान गरिने आयोजकहरूले जनाएका छन्।
कार्यक्रम संयोजक माधव निर्दोषका अनुसार, यस वर्षदेखि उदीयमान मल्टिमिडिया जर्नालिजम अवार्ड थप गरिएको छ, जसअन्तर्गत एक पत्रकारलाई विशेष सम्मान प्रदान गरिनेछ।